विपक्षी ५ दलले सर्वोच्च अदालतमा दायर गर्न लागेको रिटमा हस्ताक्षर गर्न विघटित प्रतिनिधिसभाका सांसदहरु सिंहदरवारमा पुगेका छन्।
कांग्रेस संसदीय दलको कार्यालयमा रिटको तयारी भैरहेको छ। विहान जनता समाजवादीका सांसदहरुले त्यहाँ पुगेर हस्ताक्षर गरेका थिए भने अहिले माधव नेपाल पक्षका सांसदहरु हस्ताक्षर गर्न सिंहदरवार पुगेका छन्।
रिटमा हस्ताक्षर गर्न सिंहदरवार आइपुगेको एमाले नेता विरोध खतिवडाले नेपालखबरलाई बताए।
उपस्थित सांसदको हस्ताक्षर र अनुपस्थितको वारेसनामा हुने उनले बताए। एमालेका २६ सांसदको रिटमा हस्ताक्षर रहेको उनले बताए। यो संख्या बढ्ने उनले दावी गरे।
नेकपा माओवादी केन्द्रका एक जना सांसद विरामी परेर अस्पतालमा भर्ना भएकाले उनको वारेसनामा ल्याउने तयारी छ।
उनको वारेस आएपछि अदालत जाने तयारीमा विपक्षी गठवन्धन रहेको छ।

प्रतिक्रिया