समाज


चीनमा दौड प्रतियोगितामा सहभागी २१ जनाको एकैसाथ मृत्यु !

चीनमा दौड प्रतियोगितामा सहभागी २१ जनाको एकैसाथ मृत्यु !

नेपालखबर
जेठ ९, २०७८ आइतबार ५:३३,

चीनमा अचानक मौसम खराब हुँदा एक दौड प्रतियोगितामा कुदिरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार पश्चिमोत्तर चीनको एक पहाडी भेगमा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ व्यक्ति मृतावस्थामा फेला परेका हुन्।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार येलो रिभर स्टोन फरेस्टमा आयोजित दौड प्रतियोगिता भइरहेका बेला आँधीसहित वर्षा भएको थियो।

सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी थिए। खोजी तथा उद्धारका क्रममा आइतबार २१ वटा शव फेला पारेका हुन्।

बाँकी १५१ धावक भने जीवितै फेला पारिएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्। तीमध्ये ८ जना घाइते छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad