समाज


आज यी स्थानमा चट्याङ र भारी वर्षाको सम्भावना

आज यी स्थानमा चट्याङ र भारी वर्षाको सम्भावना

नेपालखबर
भदौ २, २०७६ सोमबार २:३१,

आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ भने दाङ, कपिलवस्तुलगायत आसपासका स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशैभरि बदली भई मध्य र पश्चिमका केही तथा पूर्वका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

‘साथै मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्। 

काठमाडौं उपत्यकामा पनि आज मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

महाशाखाले जारी गरेको आगामी २४ घण्टे चेतावनी
देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशका पश्चिम तथा मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

जसले गर्दा चुरेबाट बहने खोलामा आकस्मिक नदीको बहावमा वृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले ती भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केही स्थानहरू र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिम तथा मध्य भूभागक एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानहरूमा सामान्यतया बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका मध्य र पश्चिमी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते मंगलबार
दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरूमा तथा पूर्वका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी तथा मध्यसम्म भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरूमा तथा पूर्वका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी तथा मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ४ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। #जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad