भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउँदैछन्।
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठककामा सहभागी हुन जयशंकर नेपाल आउन लागेका हुन्।
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक ४ र ५ भदौमा काठमाडौँमा हुँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट जयशंकरले बैठकको नेतृत्व गर्नेछन् ।
संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा भएको थियो।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश मन्त्री नियुक्त भएका जयशंकरको मन्त्रीका हैसियतमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो।
जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मामिलामा ज्यादा विश्वास गरेका पात्र हुन्। उनको भ्रमणलाई नेपालमा चासोका साथ हेरिएको छ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया