धादिङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर स्थानीय ६० वर्षीया धनकुमारी गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ।
जंगलमा गाईबस्तु चराउन जाँदा उनलाई चट्याङ लागेको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक अधिकारीले जानकारी दिए।
चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको हो।

प्रतिक्रिया