समाज


मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

नेपालखबर
भदौ २, २०७६ सोमबार २:१७,

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भएको सवारी दुर्घटनामा पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्।

दुर्घटनामा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा उनकी पत्नी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन्। सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नम्बरको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नम्बरको कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नम्बर को मोटरसाइकललाई कारले ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad