सन् २०२० मा अर्थात् गतवर्ष हुने तय भएको मिस युनिभर्स कोरोना भाइरसको प्रकोपपछि यसवर्ष सरेको थियो।
मिस मेक्सिको आन्द्रेले फ्लोरिडाको हलिउडमा आयोजित मिस युनिभर्सको ताज जितेकी हुन्।
७३ देशकी सुन्दरीलाई पराजित गर्दै आन्द्रे मिस युनिभर्स जित्न सफल बनेकी हुन्।
तर यतिबेला आन्द्रे मेजाकोभन्दा बढी चर्चा मिस म्यान्मारको भइरहेको छ। म्यान्मारकी सुन्दरी थुजर विन्ट विन मिस युनिभर्स प्रतिस्पर्धाको टप २१ सम्म मात्र पुगेकी थिइन्।
त्यही पनि किन आन्द्रेको भन्दा बढी थुजर विन्टको चर्चा बढी भाएको हो त? वास्तवमा म्यान्मारका सैन्य शासन गत फेब्रुअरी लागू भएको छ।
मिस युनिभर्स बनेकी आन्द्रे मेजा
मिस युनिभर्सको स्टेजमै सैन्य शासनकोविरुद्धमा बोलेपछि थुजर विन्टको चर्चा चुलिएको हो। उनी स्टेजमा ‘प्रे फर म्यान्मार’ लेखिएको प्लेकार्ड बोकेरै पुगेकी थिइन्।
‘हरेक दिन सेनाको गोलीबाट म्यान्मारमा मानिसहरु मरिरहेका छन्’ निर्णायकहरुको अगाडि उनले भनेकी थिइन्,‘म विश्वभरका मानिसहरुलाई भन्न चाहन्छु कि म्यान्मारमा भइरहेको सैन्य दमनकोविरुद्धका सबैले बोलौं।’
म्यान्मारमा सैन्य शासन लागू भएयता जुन्ता शासकको आलोचना गर्ने र लोकतन्त्र पुनर्स्थापनाको माग गर्ने ७८० भन्दा बढी मानिसको गोली हानी हत्या भएको छ।
विश्व समुदायले सुरुवातदेखि सैन्य शासन अवैधानिक भएको बताउँदै आएका छन्। यस क्रममा जुन्ता शासकको निडर भएर आलोचना गर्ने सुन्दरी थुजर विन्टको विश्वभरबाट प्रशंसा भइरहेको छ।
हालैमात्र म्यान्मारी अर्की सुन्दरी ३२ वर्षकी तार तेत तेतले सैन्य शासनविरुद्ध हतियार उचाल्दै भूमिगत भएको समाचार आएको थियो। उनले सन् २०१३ मा म्यान्मारको पहिलो मिस ग्रान्ड इन्टरनेसनल ब्युटी पेजेन्टमा भाग लिएकी थिइन्।
यसैवर्षको फेब्रुअरी १ मा म्यान्मारका सेनाले सत्ता हत्याएका थिए। गत नोभेम्बरको आम चुनावमा धाँधली गरेर नेतृ आङ साङ सुचीको पार्टीले बहुमत ल्याएको भन्दै सेनाले सुची, राष्ट्रपति विन मिन्ट लगायत देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएका छन्। एससीएमपी
याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति
-म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी
-सैन्य शासनविरुद्ध हतियार उचालेर भूमिगत भइन् यी सुन्दरी, जंगलबाट यसो भन्छिन्...
Shares

प्रतिक्रिया