समाज


डब्लूएचओ भन्छः कोरोनाबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो

डब्लूएचओ भन्छः कोरोनाबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो

नेपालखबर
जेठ १, २०७८ शनिबार ८:३३,

शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन्।

भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ। त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन्।’

डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ।

नेपालमा यतिबेला दैनिक ८ हजार ५ सयभन्दा बढी संक्रमित थपिरहेका छन्। सोही अवधिमा यहाँ सयभन्दा बढीको ज्यान गइरहेको छ।

पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै नेपालका अस्पतालहरुले कोरोना संक्रमितलाई भर्ना लिन मानिरहेका छैनन्।

यसबीचमा डब्लूएचओले नेपाललाई आपतकालीन सहयोग चाहिएको बताएको छ।

कोरोनाको प्रभावबाट जोगिन भन्दै नेपालको राजधानी काठमाडौं लगायत अधिकाँश जिल्लामा निशेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad