समाज


बंगलादेशमा १५ हजार घर जले, ५० हजार विस्थापित

बंगलादेशमा १५ हजार घर जले, ५० हजार विस्थापित

नेपालखबर
भदौ १, २०७६ आइतबार ८:२,

बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

आगलागीमा १५ हजार घर जलेको तीमध्ये २ हजार जलेर नष्ट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गरे।

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए र घटनामा कोही कसैको मृत्यु भएको छैन। तर थुप्रै मानिस घाइते भएका छन्।

Local residents sit on the street with their belongings during the fire

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए।

मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अधामा सहभागी हुन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए।

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना रहेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .