नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन्।
मूलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
ओखलढुंगा घर भएका धमलाले आफू बस्ने टहरोमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ।
उनलाई बस्नका लागि छुट्टै टहरो बनाइएको थियो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको एसपी बस्नेतले बताए।

प्रतिक्रिया