बुधबार राति रियल सोसियाड्याडलाई २–१ ले पराजित गर्दै एथ्लेटिको शीर्ष स्थानमा कायमै रहन सफल भएको हो।
लिगमा उसले अब दुई खेलमात्र खेल्न बाँकी छ। उक्त दुवै खेलमा जित निकाले एथ्लेटिकोले यसपटकको ला लिगा उपाधि उचाल्नेछ।
अंक तालिकाअनुसार ३६ खेल खेलेको एथ्लेटिकोको ८० अंक भएको छ। दोस्रो स्थानको बार्सिलोनाले समान खेलमा ७६ अंक जोडेको छ। एथ्लेटिको समान खेलमा बार्साभन्दा ४ अंकले अगाडि छ।
यस्तै लिगको तेस्रो स्थानमा रियल मड्रिड छ। उसको ३५ खेलमा ७५ अंक छ।

प्रतिक्रिया