सप्तरीमा मंगलबार बिहान ट्रकले साइकललाई ठक्कर दिँदा पतिपत्नीकै मृत्युु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा निवासी ४५ वर्षीय सत्य नारायण मण्डल र उनकी पत्नी ४० वर्षीया सुनितादेवी मण्डलको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
घर नजिकैको पूर्व पश्चिम राजमार्गमा ना ६ ख ३८६१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आइरहेको साइकललाई मंगलबार बिहान साढे ६ बजे ठक्कर दिँदा दुर्घटना भएको हो।
सत्यनारायण मण्डलले चलाएको साइकलमा उनकी पत्नी सवार थिइन्। ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारको लागी स्थानीय अस्पताल भारदह लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज लागिएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिएरु थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया