राजनीति


सूर्य थापा भन्छन् : महन्थ ठाकुरजी निर्णायक, कुरा क्लियर नै छ !

सूर्य थापा भन्छन् : महन्थ ठाकुरजी निर्णायक, कुरा क्लियर नै छ !

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ४:४४,

नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर निर्णायक हुने दाबी कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका छन्।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलगायत विपक्षी दल कस्सिएका बेला प्रेस सल्लाहकार थापाले हिजो सोमबार संसदमा ओलीले विश्वासको मत लिने क्रममा पक्ष विपक्ष कतै नलागी तटस्थ बसेका ठाकुर पक्षका १५ सांसद नै निर्णायक हुने दाबी गरेका हुन्।

विश्वासको मत नपुगेपछि ओली सोमबारदेखि पदबाट हटेका छन्, तर अर्काे सरकार नबनुन्जेल उनलाई नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्न राष्ट्रपतिले भनेकी छन्।

साथै यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याएर सरकार गठनको दाबी गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी छन्। यसमा जसपाको महन्थ ठाकुर पक्ष नै निर्णायक हुने दाबी प्रेस सल्लाहकार थापाले गरेका हुन्।

‘पहिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त। अहिले फेरि धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान,’ थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत दाबी गरेका छन्, ‘महन्थ ठाकुरजी निर्णायक। कुरा क्लियर नै छ !’

आफ्नो धारणाका साथ थापाले राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा जारी विज्ञप्ति पनि सामाजिक सञ्जालमा राखेका छन्।

supra2

supra1

यी पनि :

मध्यराति महन्थ ठाकुरको विज्ञप्ति : ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं

संसद् पस्यो धारा ७६ को बहस : को बन्छ प्रधानमन्त्री?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad