समाज


टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ९:३१,

उदयपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

कटारी नगरपालिका ११ हर्देनी भिरमाथि टिकटक बनाउने क्रममा लडेर धरान ५ का १८ वर्षीय सुभास परियारको मृत्यु भएको हो।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भिरमाथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad