नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन लागेपछि त्यसको विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो।
शनिबार २ बजे संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा दलको बैठक बस्ने छ।
यस अघि बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए।
जवाफमा देउवाले विश्वासको मत दिन नसक्ने बताएका थिए।
3
Shares

प्रतिक्रिया