समाज


खरीपाटी तालिम केन्द्रलाई आइसोलेसन केन्द्र बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव

खरीपाटी तालिम केन्द्रलाई आइसोलेसन केन्द्र बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ९:३५,

नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरीपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ।

सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरीपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो।

तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको वेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए।

शाक्यका अनुसार, प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि प्राथमिकता दिंदै कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो।

‘तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिन्छ,गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, उनले भने, ‘तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरुमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छ।’

तालिम केन्द्रमा रहेको भवन नं. १ मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ। भवन नं. २मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ। स्टाफ क्वाटर भवनमा ११ कोठा छन् त्यहाँ २८ वटा बेड राख्न सकिन्छ। यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ।

अक्सिजन उद्योगलाई निरन्तर बिजुली
नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ।

कार्यकारी निर्देशक शाक्यले वत्ति गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरुलाई खबर गरिएको बताए।

उनले भने, ‘विद्युत वितरण केन्द्रहरुलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौं, केन्द्रहरुले आफू मातहत रहेका अक्सिजनउद्योगहरुलाई सोही अनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad