आज (बिहीबार) देखि ‘लकडाउन’ (निषेधाज्ञा जारी) भएका जिल्लाको संख्या १० पुगेको छ।
कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्काे जिल्लामा निषेधाज्ञा लागू गरिएको हो।
यसै क्रममा आजदेखि काठमाडौं उपत्यकाका ३ सहित थप ७ जिल्लामा ‘लकडाउन’ गरिएको हो।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।
यो पनि : काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा सुरु
यस्तै आजैदेखि कैलाली, कञ्चनपुर र पर्सामा एक हप्ता तथा रूपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ।
बर्दिया, सुर्खेत र कास्कीमा यसअघिदेखि नै निषेधाज्ञा लागू छ। बर्दियामा वैशाख १३, सुर्खेतमा वैशाख १४ र कास्कीमा वैशाख १५ गतेदेखि एक हप्ताका लागि ‘लकडाउन’ छ।
आज थपिएकासमेत गर्दा देशमा निषेधाज्ञा जारी रहेका जिल्लाको संख्या १० पुगेको हो।
कोरोना महामारीको दोस्रो लहर देशैभर भयावह बन्दै गएपछि निषेधाज्ञा गर्ने जिल्लाको संख्या थपिने क्रम जारी छ।
यसै क्रममा दाङमा भोलि शुक्रबारदेखि ‘लकडाउन’ गरिँदैछ। यो पढ्नुहोस् : दाङमा शुक्रबारदेखि लकडाउन
निषेधाज्ञाका बेला औषधोपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन पाइँदैन। तर जनजीवन सहजताका लागि विभिन्न जिल्ला प्रशासनले आआफ्ना मापदण्ड लागू गरेका छन्।
यसैबीच सरकारले अबदेखि निषेधाज्ञाको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
यो पढ्नुहोस् : जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार प्रजिअलाई
Shares

प्रतिक्रिया