सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निषेधाज्ञा जारी गर्ने अधिकार प्रजिअलाई दिइएको जानकारी दिए।
सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ५०० सक्रिय सङ्क्रमित हुँदा प्रजिअले जिल्लाभर वा निश्चित क्षेत्रमा निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्नेछन्।
काठमाडौँ उपत्यका र केही जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भइसकेको छ। उक्त अवधिमा खाद्यान्न, अत्यावश्यक सवारी साधनको आवतजावत र सेवा सञ्चालनका लागि सरकारले आवश्यक प्रबन्ध गरेको छ।

प्रतिक्रिया