अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुनसहित मोरङका सुरेश कुमार शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेश पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स रेमा जाँच गर्नेक्रममा उनको लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया