नेपाली कांग्रेसका नेता, पार्टी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीमा कोरोना देखिएपछि आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, पार्टी कार्यालय सानेपामा कार्यरत ४ कर्मचारी, महामन्त्री पूर्णबहादुर खड्काका नीजि सुरक्षाकर्मी र चालकसहित ७ जनामा कोरोना पुष्टि भएको हो।
केन्द्रीय समिति बैठकका बस्नु अघि सोमबार कांग्रेस नेता लगायतको स्वाब संकलन गरिएको थियो।
'केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिएपछि आजका लागि तय भएको बैठक स्थगित गरिएको छ' सभापति शेरबहादुर देउवाको सचिवालयले नेपालखबरसँग भन्यो, 'अर्को बैठकको मिति तय भएको छैन।'

प्रतिक्रिया