गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ।
सोमबार कास्कीका २, स्याङ्जा र म्याग्दीका १/१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सोमबार लुम्बिनी मेडिकल कलेज पाल्पामा स्याङजा वालिङ १२ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। उनलाई बैशाख ११ गते कोरोना पुष्टि भएको थियो।
यस्तै म्याग्दी रघुगंगा गाउँपालिका ३ का ७८ वर्षीय पुरुषको सोमबार विहान ३:१५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो।
उनलाई वैशाख १२ गते कोरोना पुष्टि भएको थियो।
अर्का मृतकमा पोखरा महानगरपालिका २५ का ९१ वर्षीया पुरुष छन्। वैशाख ७ गते कोरोना पुष्टि भएका उनको आज विहान ५:४९ बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो।
यस्तै पोखरा १ कि ५५ वर्षीया महिलाको आज दिउँसो १२:५४ मा मेडिप्लस अस्पतालमा निधन भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
मृतकमा बैशाख ११ गते कोरोना पुष्टि भएको थियो।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ।


प्रतिक्रिया