कारोबार


लक्ष्मी बैंकको ‘एपीआई बैंकिङ’ मा आधारित ‘एलएक्सबी कनेक्ट’ मा साझेदारीको आह्वान

लक्ष्मी बैंकको ‘एपीआई बैंकिङ’ मा आधारित ‘एलएक्सबी कनेक्ट’ मा साझेदारीको आह्वान

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ९:०,

लक्ष्मी बैंकले ‘एपीआई बैंकिङ’ को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम ‘एलएक्सबी कनेक्ट’ नामक ‘एपीआई डेभलपर’ प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।

यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्।

‘एलएक्सबी कनेक्ट स्यान्डबक्स’ इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको ‘एपीआई’ सँग सम्बन्धित कार्यसँग एकीकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सकिनेछ।

लक्ष्मी बैंकले निम्नबमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी ‘एपीआई’ मा पहुँच प्रदान गर्ने छः

खाता व्यवस्थापन : खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने

वित्तीय : हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिङ) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी ।

गैरवित्तीय : विनिमय दर, शाखा- एटीएएमहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटीएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैैंकिङ, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन्।

लघुवित्तीय संस्था लिमिटेड बैंकको भगिनी संस्थाका रुपमा रहेको छ। राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्थापना भएको यो संस्था सन् २०१२ मा भएको हो। हालसम्म यस लघुवित्तको ७२ शाखा रहेका छन् भने संस्थाले ४० बिलियन भन्द बढी कर्जा प्रवाह गरेको छ।

यसै गरी, लक्ष्मी बैंकको अर्को भगिनी संस्थाका रुपमा इन्भेस्टमेनट कम्पनी– लक्ष्मी क्यापिटल पनि सञ्चालित रहेको छ। धितोपत्र बोर्डबाट विभिन्न मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यकासाथ यो संस्था सन् २००९ देखि सञ्चालित रहेको छ। लक्ष्मी क्यापिटलले लक्ष्मी इक्वीटि फन्ट र लक्ष्मी उन्नतिकोष गरी दुई वटा म्युच्युअल फन्ड पनि जारी गरी नेपाल स्टक एक्स्चेनजमा सूचिकृति समेत गरेको छ।

बैंकले आर्थिक वर्ष २०१९-२० मा आफ्नो ब्यालेन्सिटको आकार १२९ अर्ब पुर्‍याएको छ। जसमा १००.०७ अर्ब डिपोजिट तथा ८९.८९ अर्ब कर्जा रहेको छ। बैंका अन्य सूचकांकहरु नियामक निकायले तोके बमोजिम रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad