समाज


अपडेट : भारतमा अचानक अक्सिजन बन्द हुँदा २२ बिरामीको एकसाथ मृत्यु

अपडेट : भारतमा अचानक अक्सिजन बन्द हुँदा २२ बिरामीको एकसाथ मृत्यु

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १०:३,

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अचानक अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटररमा रहेका २२ बिरामीको एकसाथ मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा एक्कासि अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटरमा रहेका २२ जनाको मृत्यु भएको हो। 

प्राप्त जानकारीअनुसार अस्पतालको ट्यांकरमा अक्सिजन चुहावट भएपछि आपूर्ति बन्द गरिएको थियो। जब आपूर्ति बन्द भयो तब भेन्टिलेटरमा रहेका २२ जना बिरामीले अक्सिजन पाउन सकेनन् र तड्पीतड्पी मरेका हुन्।

यसअघि केही भारतीय सञ्चारमाध्यमले १० बिरामीको मात्र मृत्यु भएको जनाएका थिए। तर पछिल्लो जानकारीअनुसार २२ बिरामीको एकसाथ मृत्यु भएको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नासिक नगरका प्रमुखले २२ बिरामीको मृत्यु पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

अक्सिजन लिकका कारण अस्पतालमा झन्डै आधा घण्टासम्म अक्सिजन आपूर्ति बन्द भएको थियो। जसका कारण अक्सिजन नपाएर बिरामीको मृत्यु भएको हो। दुर्घटना भएको जाकिर हुसैन अस्पताल सरकारी हो।

अक्सिजन लिक भएको दृश्य :  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad