राजनीति


लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ दललाई आयोगको स्पष्टीकरण

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ दललाई आयोगको स्पष्टीकरण

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ९:५९,

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आयोगले लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रुपमा प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दलाई ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरुले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरी लेखा राख्नुपर्ने, अभिलेख राख्ने प्रयोजनका लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनुपर्ने, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण बकानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने र दलले आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जस्ता कानुनी प्रावधान छन्।

aayog1.PNG

aayog2.PNG

aayog3.PNG

aayog4.PNG

aayog5.PNG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad