ad ad

समाज


अशक्त युवतीको बलात्कारपछि हत्या, २३ दिनपछि जंगलमा भेटियो कंकाल

अशक्त युवतीको बलात्कारपछि हत्या, २३ दिनपछि जंगलमा भेटियो कंकाल

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १५:५,

उदयपुरमा एक बेवारिसे तथा अशक्त युवतीको बलात्कारपछि हत्या भएको छ।

मधेसी मुलकी अन्दाजी २६-२७ वर्षीया युवतीको शव रौतामाई गाउँपालिका ७ स्थित स्थानीय नवज्योति सामुदायिक वनको हिले खोल्सीमा कंकाल फेला परेको उदयपुर प्रहरीले जनाएको छ।

उनको चैत ११ गते बलात्कारपछि हत्या भएको पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक छिरिङ शेर्पाले बताए।

बलात्कार तथा हत्या अभियोगमा प्रहरीले रौतामाई गाउँपालिका ७ का २४ वर्षीय राजु अछामेलाई पक्राउ गरेको छ।

जंगलमा चुरा तथा टाउकोको हड्डि फेला परेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। घाँस काट्न जंगल गएका व्यक्तिले शनिबार प्रहरीलाई खबर गरेपछि त्यो शव मागि खाने र मानशिक सन्तुलन गुमाएकी युवतीको भएको खुलेको थियो।

युवतीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका युवकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी निरीक्षक शेर्पाले बताए। उनका अनुसार घटनाको दिन राजुले ती युवतीलाई जंगलतर्फ लैजाँदै गरेको स्थानीयले देखेका थिए।

रोपाई गरेर फर्किंदै गर्दा साँझ ६ बजेतिर हातमा समातेर जंगलतर्फ लगेको देखेपनि फर्काउन नसकेको र त्यसपछि के भयो भन्ने थाहा नपाएको स्थानीयले बताएको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको ढुंगा र घटनास्थलमा राजुको टोपी पनि फेला परेको छ। राजुमाथि थप अनुसन्धान अगाडि बढाइएको उदयपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .