पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-३, शम्भुनाथ मन्दिर जाने गेटअगाडि बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ।
पूर्व जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको औषधी व्यवसायीको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई शुक्रबार बिहान ठक्कर दिएको हो।
दुर्घटनामा एम्बुलेन्सका चालक सिरहाको सुखीका अन्दाजी ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
पोस्टमार्टमका लागि शव लहानस्थित रा.उ.स्मारक अस्पताल लगिएको छ।
ठक्कर दिने बसका चालक गाडी छाडेर फरार भएकाले खोजी भइरहेको सप्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रतिक्रिया