रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड गरिएको छ।
आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले निष्कासन भएकाे ४ लाख ७ हजार ७०६ कित्ता बाँडफाँड गरेको हो।
सेयर खरिदका लागि १६ लाख ८३ हजार १ सय २१ जनाले २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता माग गरेको थिए। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द तथा १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक कम्पनीले जानाकारी गराएको छ।
न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई सेयर बाँडफाँड गरिएको छ।
कम्पनीले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्रतिसेयर १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रीमा राखेको थियो।

प्रतिक्रिया