समाज


लहान घटना : लुटेरा चिन्दा प्रदीपको हत्या

लहान घटना : लुटेरा चिन्दा प्रदीपको हत्या

नेपालखबर
चैत २९, २०७७ आइतबार १६:४०,

गएराति लहानमा लुटेरालाई आफ्ना श्रीमानले चिनेका कारण हत्या गरिएको उनकी श्रीमती अमृता विश्वकर्माले बताएकी छन्।

लुटेरा समूहले गएराति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालन गर्ने प्रदीप विश्वकर्माको हत्या गरेको थियो। ढोका फोरेर लुटपाट गरेको ७÷८ जनाको समूहले पछि उनीहरुकै भाषामा ‘यसले त हामीलाई चिन्यो, अब गाह्रो हुन्छ, सिध्याइदिउँ’ भनेर हत्या गरेको अमृताले बताएकी छन्।

त्यसअघि उनीहरुले ढोका खोल्न लगाएका थिए। तर विश्वकर्मा दम्पत्तिले ढोका नखोलेपछि फोरेर भित्र पसेका थिए।

ढोका फोरेर घरभित्र छिरेका लुटेराले लुटपाटपछि हिँड्न लाग्दा अमृताका श्रीमानको हत्या गरेका थिए। सुरुमा खुकुरी प्रहार गरेका उनीहरुले पछि पेस्तोलमा राइफलको गोलि लगाएर हानेका थिए। उनीहरुले अमृताले कानमा लगाएका गहना लगेको लहानका डीएसपी तपनकुमार दाहालले बताए।

घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको छ। रामकृष्णको साथबाट छिनोसमेत बरामद भएको छ। उनको संलग्नता पुष्टि भएपनि सहनी बारे अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।

हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए। पसलकै कारण कुनै विवाद रहेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .