काठमाडौंमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय कृष मगर र ११ वर्षीय प्रशान्त सुनुवारको मृत्यु भएको हो।
सिंचाइका लागि बनाएको पोखरीमा उनीहरू डुबेका हुन्। प्रहरीको विपद् व्वस्थापन र कीर्तिपुर प्रहरी वृत्तबाट खटिएका उद्धार टोलीले झन्डै १५ फिट गहिरो पोखरीबाट बालकको शव निकालेका थिए।
बिहीबार साथीहरूसँग पौडी खेल्न गएका उनीहरू पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
पोस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
प्रतिक्रिया