गत मंगलबारदेखि नहरमा अड्किएपछि सुइज नहरमा अरबौंको सामग्री बोकेको सो जहाजसहित अन्य जहाजहरु त्यहाँबाट बाहिर निस्कन सकेका थिएनन्।
बीबीसीका अनुसार हावाको वहावका कारण छड्किएपछि ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो।
सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एभर गिभन नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ।
पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जानकारी दिएको छ।
एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो।
इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। सन् १८५९ देखि १८६९ मा निर्माण गरिएको त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ।
Stranded Suez Canal ship re-floated - Inch Cape https://t.co/X0GGoiTQ9m pic.twitter.com/5itfyBHVc1
एभर गिभन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा अन्य जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए।
धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतबार एभर गिभनबाट २०,००० वटा कन्टेनर निकाल्ने प्रयास गरिएको थियो।
एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ।
बीबीसीका अनुसार सुइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए।


![]()

प्रतिक्रिया