समाज


ताइवानका ६७ प्रतिशत नागरिकलाई चिनियाँ खोपमा विश्वास छैन

ताइवानका ६७ प्रतिशत नागरिकलाई चिनियाँ खोपमा विश्वास छैन

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:५८,

नयाँ अनुसन्धानअनुसार ताइवानका ६७ प्रतिशत नागरिकले चीनमा बनेको खोपमा विश्वास गरेका छैनन्।

ताइवान टाइम्सका अनुसार सोही कारण उनीहरुले चीनको खोप ताइवान आयात भए लगाउने छैनन्।

अनुसन्धानअनुसार २४ दशमलब ३ प्रतिशत नागरिकले मात्र चीनको खोप लगाउने बताएका छन्।

टाइम्सकाअनुसार राजधानी ताइपेइको हावर्ड प्लाजा होटलमा पत्रकार सम्मेलन गर्दै फोकस सर्भे रिसर्च सेन्टरले प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार २७ दशमलब १ प्रतिशतभन्दा बढी चिनियाँ खोपबाट असन्तुष्ट छन् त्यस्तै ३९.९ प्रतिशत नागरिक चिनियाँ खोपबाट धेरै असन्तुष्ट छन्।

स्ट्राटेजिक स्टडी सोसाइटीका प्रमुख तथा तामकाङ युनिभर्सिटीका सहप्राध्यापक वाङ कुन–यी भन्छन्,‘चीनले उसको खोपको वैज्ञानिक आधार प्रस्तुत नगरेका कारण मानिसहरु चिनियाँ खोपबाट असन्तुष्ट भएका हुन सक्छन्।’

अध्ययनअनुसार ताइवानका ५ दशमलब ४ प्रतिशत नागरिकले आफूहरुले चिनियाँ खोप सहर्ष स्वीकार गर्ने बताएका छन्।

त्यस्तै १८ दशमलब ९ प्रतिशतले खोप आयात भइहाले लगाउने बताएका छन्। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad