समाज


आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी बताएर ठगी गर्ने पक्राउ

आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी बताएर ठगी गर्ने पक्राउ

नेपालखबर
चैत ५, २०७७ बिहिबार १६:२२,

आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक (एसपी) भएको बताउँदै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी घरभएका ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेका छन्। उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको आज दिउँसो जानकारी दिएको हो।

उनलाई खैरहनी नगरपालिका–८ मा रहेको होटलबाट पक्राउ गरिएको उनले जानकारी दिए। उनले आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको उनले बताए।

अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेका व्यक्ति हुन्। काम छाडेर भागेका ती व्यक्ति ठगीमा लागेको उनले जानकारी दिए। पक्राउ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad