खेल


नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

नेपालखबर
चैत ५, २०७७ बिहिबार १६:१६,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ।

अक्सन शुक्रबार हुँदैछ। नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। एन्फाले अक्सनका लागि आज ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो।

अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ। यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन्।

एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो। आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ।

नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन। एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन्। प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने छन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ।

उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad