आज रातिदेखि नै देशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ भने पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी भोलि शुक्रबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ। साथै पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
सो दिन राति पनि देशभरै मौसम आंशिकदेखि सामान्यसम्म बदली हुनेछ। पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया