ad ad

समाज


१२ वर्षकी किशोरीलाई अपहरणपछि मुस्लिम धर्म मान्न लगाएर विवाह गर्न बाध्य पारियो

१२ वर्षकी किशोरीलाई अपहरणपछि मुस्लिम धर्म मान्न लगाएर विवाह गर्न बाध्य पारियो

नेपालखबर
चैत १, २०७७ आइतबार १०:३६,

क्रिश्चियन समुदायकी किशोरी फराहलाई अपहरण गर्ने व्यक्तिले नै विवाह गरेको बीबीसीहिन्दीले जनाएको छ।

यो प्रतिनिधि घटना मात्र भएको र अल्पसंख्यक समुदायमाथि यस्ता अपराध पाकिस्तानमा हुँदै आएको बीबीसीहिन्दीले जनाएको छ।

पाकिस्तानमा मुस्लिम, हिन्दु तथा अन्य अल्पसंख्यक समुदायका महिलाहरु यसरी नै अपहरणमा पर्ने गरेको र उनीहरुमाथि धर्म परिवर्तन गराएर जबर्जस्ती विवाह गर्ने गरिएको हो।

तर यतिबेला १३ वर्षकी उनलाई प्रहरीको मद्दतमा घर फर्काइएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अपहरण र धर्म परिवर्तन गराउने प्रयास तथा बलात्कारको घटनालाई सरकारले नसहने र कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

गतवर्षको जुन २५ मा फराहलाई अपहरणकर्ताले अपहरण गरी जबर्जस्ती धर्म परिवर्तन गराएर विवाह गर्न बाध्य बनाएका थिए।

यो घटना पाकिस्तानको फैसलावाद शहरमा भएको थियो। पिता आसिफ अफिस काम गर्न गएकाबेला फराह अपहरणमा परेकी थिइन्। त्यसबेला फराह र उनका हजुरबा घरमा थिए।

अपहरणकारीले फराहको खोजी गरे ठूलो दुर्घटना निम्तने परिवारलाई चेतावनी दिएका थिए। यद्यपी पिता आसिफ प्रहरीकोमा उजुरी लिएर पुगेका थिए। उनले अपहरणकारी एक जनाको नाम पनि दिएका थिए।

तर प्रहरीले उनको उजुरीलाई गम्भीर रुपमा लिएका थिएनन्। उनी भन्छन्,‘प्रहरी मलाई सहयोग गर्न खोजिरहेका थिएनन्। उनीहरुले उल्टै मलाई प्रहरी कार्यालयबाट धक्का र गाली दिँदै बाहिर पठाए।’

तीन महिनापछि मात्र मुश्किलले प्रहरीले अपहरणकारीविरुद्धको उजुरी लिएका थिए। तर कारवाही भने अगाडि बढाएनन्।

यस दौरान फराहलाई हात खुट्टा बाँधेर राखिएको थियो। उनीमाथि कुटपिट र बलात्कार भएको थियो। सोही क्रममा पीडा सहन नसकेर उनले मुस्लिम धर्म अंगाल्न बाध्य भएकी थिइन्।

पाकिस्तानको चर्चको राष्ट्रिय परिषदका बिसप भिक्टर अजारियका अनुसार पाकिस्तानमा हरेक सेकेन्ड किशोरीहरु अपहरणमा पर्छन् र उनीहरुलाई धर्म परिवर्तन गर्न लगाइन्छ। तर कडा कारवाही कोहीमाथि हुँदैन।

चर्चको राष्ट्रिय परिषदले पाँच महिना कडा मिहिनेत गरेपछि मात्र प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको थियो।

गत डिसेम्बरमा यो मामिला फैसलावादको जिल्ला अदालतमा पुगेको थियो। सो क्रममा फराहलाई महिला आश्रय केन्द्र पठाइएको थियो।

यस क्रममा फराहले धर्म परिवर्तन र विवाह स्वीकार गरेको प्रहरीले बताएपछि अपराधीले सजाय पाउँदैनन् कि भन्ने चिन्ता बढेको थियो। किनभने फराहले अदालतमा पनि सोही बयान दिएकी थिइन्।

तर अदालतले उनीमाथि अपहरणकारीको दबाब भएको आशंका गर्दै फेरि अनुसन्धान गर्न भनेको थियो। अन्तत फराहले अपहरणकारीले आफूसहित परिवारलाई नै मार्ने धम्की दिएका कारण त्यस्तो बताएको स्वीकार गरिन्।

त्यसपछि हालै फेब्रुअरी १६ मा अदालतले फराहको विवाहलाई अवैधानिक मान्यो। अपराधीलाई आवश्यक कारवाही गरिने बताइएको छ।

अहिले १३ वर्षकी उनी आफ्नो परिवारसँग बस्छिन्। उनले मनोचिकित्सकबाट परामर्शहरु लिइरहेका छन्।

पाकिस्तानै मारिया शाशबाजलाई पनि अपहरण गरी धर्म परिवर्तन गराएर विवाह गर्ने प्रयास गरिएको थियो। तर उनी अपराधीबाट भाग्न सफल भइन्।

मारियाको परिवारलाई अहिले पनि ज्यान मार्ने धम्की आइरहेको छ। बेलायतमा यतिबेला त्यहाँका सांसदले पनि अपहरण र धर्म परिवर्तनको विरुद्धमा आवाज उठाएका छन्।

यस क्रममा पाकिस्तान सरकारले यो विषयमा ध्यानाकर्षण भएको बताउँदै अपराधीलाई कारवाही गरि छाड्ने बताएको छ।

यो पनिः बलात्कारी र पीडितबीच विवाह गरिदिनु कति न्यायोचित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .