समाज


पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि सांघातिक आक्रमण, अस्पताल भर्ना

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि सांघातिक आक्रमण, अस्पताल भर्ना

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ५:२०,

आक्रमणबाट घाइते भएकी उनलाई अस्पताल भर्ना गरिएपछि बिहीबार जारी गरिने भनिएको तृणमुल काँग्रेसको चुनावी घोषणापत्रको समय लम्ब्याइएको छ।

हाल बनर्जीको उपचार कोलकत्ताको सरकारी अस्पताल एसएसकेएममा भइरहेको छ।

डाक्टरका अनुसार उनको बायाँ खुट्टाको हड्डीमा गम्भीर चोट लागेको साथै उनको दायाँ काँध र गर्दमा पनि चोट लागेको छ।

आक्रमणको घटनासँगै तृणमुल काँग्रेसका नेता तथा ममता बनर्जी सरकारको मन्त्री रहेको पार्थ चटर्जीले यस आक्रमणको विषयमा निर्वाचन आयोगलाई जानकारी दिने बताएका छन्।

आफूमाथि चार पाँच जना पुरुषले आक्रमण गरेको ममताले बताएकी छन्। सुरक्षाकर्मी नभएको मौका छोपी ती पुरुषहरुले आफूलाई जोडले धक्का दिएको उनले बताएकी छिन्।

मुख्यमन्त्रीलाई कारतिर जोडले धक्का दिएर कारको ढोका तत्काल बन्द गर्न खोज्दा उनको खुट्टामा चोट पुगेको बताइएको छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad