पृथ्वी राजमार्गमा पर्ने चितवनको चुुम्लिङटारमा बिहीबार बिहान ट्रक त्रिशुली नदीमा खस्दा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना चितवनको गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका प्रहरीले जनाएको छ।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटनामा परेको हो। रासस
प्रतिक्रिया