भारत उत्तर प्रदेशको आगरा जिल्लामा दिल्ली–कानपुर राजमार्गमा बिहीबार बिहानै ठूलो दुर्घटना भएको छ।
कन्टेनर र स्कार्पियो गाडी आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको हो। ३ जना गम्भीर घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार स्कार्पियोमा मृतक र घाइते सबै स्कार्पियोका यात्रु हुन्।
दुर्घटना थाना एत्माद्दौला क्षेत्रस्थित मन्डी समितिअगाडि भएको हो।
एसपी सिटी बोत्रे रोहन प्रमोदका अनुसार टुन्डलाबाट झारखण्ड नम्बरको स्कार्पियो मथुरातर्फ गइरहेको थियो। अचानक अनियन्त्रित स्कार्पियो डिभाइडरमा ठोक्किएर अर्कै दिशातर्फ उछिट्टयो। त्यही क्रममा रामबागबाट आइरहेको कन्टेनर स्कार्पियोसँग ठोक्किएको हो।
दुर्घटनामा स्कार्पियामा रहेका ८ जनाको घटनास्थलमै मृत्यु भयो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
अन्य ३ जनाको अवस्था गम्भीर छ। उपचार जारी छ। सबै यात्रु स्कार्पियोका हुन्।

प्रतिक्रिया