समाज


बिहीबारसम्मको अनुमान : कस्तो रहला मौसम?

बिहीबारसम्मको अनुमान : कस्तो रहला मौसम?

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १:०,

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला (मंगलबार बिहान) उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिक बदली छ। आज दिउँसो तथा राति कतै वर्षा/हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

मंगलबार
दिउँसो स् प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती : प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बिहीबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .