ad ad

समाज


सुटकेसमा १० लाख बोकेर दुवई जानखोज्नेलाई समाउने असई बने ‘बेस्ट पोलिस अफ द मन्थ’

सुटकेसमा १० लाख बोकेर दुवई जानखोज्नेलाई समाउने असई बने ‘बेस्ट पोलिस अफ द मन्थ’

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:१६,

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर दुवई जान खोज्नेलाई समाएर उत्कृष्ट कार्यसम्पादन गरेबापत असई यादव सम्मानित भएका हुन्।

गत माघ १६ गते नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका यात्रु १० लाख नगदसहित पक्राउ परेका थिए।

सो क्रममा काठमाडौं कलंकी घर भएका आशिष खाती क्षेत्री अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एसियाको एक्सरे नम्बर २ (पुरुषतर्फ) मा चेकजाँच गर्ने क्रममा पक्राउ परेका थिए। उनलाई २ दिनपछि त्रिभुवन विमानस्थल भनसार कार्यालय गौचरण पठाइएको थियो।

ड्युटीमा उनै असई यादव खटिएका थिए।

यादवले उच्च व्यावसायिक एवं लगनशील भई कर्तव्यपथमा तल्लीन रही ड्युटी पूरा गरेकोले उनको कार्यको उच्च मूल्यांकन गरी सम्मान गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .