ad ad

खेल


बार्साका पूर्व प्रमुख बार्टेमेउसहित क्लबका अहिलेका दुई सीईओ गिरफ्तार

बार्साका पूर्व प्रमुख बार्टेमेउसहित क्लबका अहिलेका दुई सीईओ गिरफ्तार

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:१३,

बार्टेमेउसहित क्लबका अहिलेका दुई प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउ र रोमन गोमेज पोन्टी तथा क्लबका पूर्व निर्देशक जुआमी मासफेररलाई पनि स्पेनिस प्रहरीले गिरफ्तार गरेको स्पेनिस खेल पत्रिका मार्काले जानकारी दिएको छ।

उनीहरुलाई अहिले हिरासतमा राखिएको छ। बार्सागेट स्क्यान्डलसँग सम्बन्धित भएका कारण उनीहरुलाई सोमबार गिरफ्तार गरिएको हो।

के हो बार्सागेट स्क्यान्डल?

गतवर्ष बार्सिलोना फुटबल क्लबले क्लबका चर्चित पात्रहरुलाई आलोचना गर्न सामाजिक संजाल कम्पनीलाई पैसा तिरेको विषय सार्वजनिक भएको थियो।

ती कम्पनीले तीन वर्षसम्म सामाजिक संजालमा लियोनल मेस्सी, पेप ग्वार्डिओला, जाभी हर्नान्डेज, जिरार्ड पिकेविरुद्ध सामाजिक संजालमा अफवाह फैल्याएको बताइएको थियो।

बार्टेमेउ प्रमुख रहँदा उनको कार्य सम्पादनको आलोचना गर्ने जति सबैलाई सामाजिक संजालमा आलोचना गर्ने गरिन्थ्यो। यही विषयलाई बार्सागेट स्क्यान्डल भनिएको हो।

बार्टेमेउ तथा उनीसँग यस घटनामा संलग्न भएका व्यक्तिहरले ती आरोपहरुको खण्डन गरेका थिए।

बार्टेमेउसँग मेस्सीको सम्बन्ध राम्रो थिएन। यसै कारण मेस्सीले यस सिजनको सुरुवातमा क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए।

तर खेल समर्थकको दबाबपछि मेस्सी क्लबमै रहे र बार्टेमेउलाई भने बार्साको बोर्डले क्लबबाट निकाल्न बाध्य भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .