समाज


६ जना डीएसपीको सरुवा

६ जना डीएसपीको सरुवा

नेपालखबर
माघ २७, २०७७ मंगलबार १५:३३,

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णयबाट उनीहरुको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नगर प्रहरी कार्यालय काठमाडौंमा कोमल शाह, नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा रामहरी पाण्डेलाई ल्याइएको छ भने प्रहरी वृत भक्तपुर ठिमीमा नरहरी रेग्मीलाई पठाइएको छ।

यस्तै, डीएसपी तुलसीराम अर्याल जिल्ला प्रहरी कार्यालय अछाम, बाल नरसिंह राणा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मनोहर प्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको छ।

police-s1_1.jpg

police-s2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad