भारतको उत्तराखण्डस्थित तपोवन क्षेत्रमा आइतबार हिमताल फुटेर भीषण बाढी आउँदा बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेका छन्।
बीबीसी हिन्दीका अनुसार अझै २ सय २ जना हराइरहेका छन्।
यसैबीच विद्युत् र नवीन एवं नवकरणीय ऊर्जामन्त्री आरके सिंहलाई उधृत गर्दै न्युज एजेन्सी एएनआईले लेखेको छ– यतिबेला हाम्रा लागि सबैभन्दा ठूलो चुनौती सुरुङमा फसेका ३४ लाई बचाउनु हो। अहिले हामी सुरुङको ७० मिटर सम्म भित्र पुगेका छौं र अब त्यहाँ पुग्न अझै झन्डै १८० मिटर बाँकी छ। कसरी सुरुङमा फसेकालाई निकाल्ने भन्ने विषयमा पदाधिकारीसँग छलफल गरिरहेका छौं।’
3
Shares

प्रतिक्रिया