पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
प्रहरीका अनुसार फरार रहेका दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरिएको हो।
दैलेख जिल्ला अदालतबाट २ वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका क्रममा १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन्। अब उनले बाँकी कैद भुक्तान गर्नुपर्नेछ।
बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि नै फरार भएका थिए ।
माओवादी द्वन्द्वका बेला २०६१ साउन २७ गते पत्रकार थापाको हत्या भएको थियो। उनकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया