राष्ट्रिय महिला लिग फुटबलमा सोमबार नेपाल एपीएफ क्लब र चौदण्डीगढी उदयपुरबीच प्रतिस्पर्धा हुँदै छ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे सुरु हुनेछ।
शीर्ष स्थानको एपीएफ चौदण्डीगढीलाई पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ।
यता पहिलो लेगमा एपीएफसँग २२–० को फराकिलो हार भोगेको चौदण्डीगढी आफ्नो शतप्रतिशत दिने योजनामा छ। बलियो टोली एपीएफसँग चौदण्डीगढी कम गोल खाने रणनीतिमा हुनेछ।
एपीएफ भने आगामी यात्रालाई अझ सहज बनाउन गोल अन्तर फराकिलो बनाउने दाउमा हुनेछ।
पहिलो चरणमा शतप्रतिशत नतिजा निकालेको एपीएफ १८ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ।
3
Shares

प्रतिक्रिया