उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते भएका छन्। झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाटतर्फ जाँदै गरेको मे.१च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा आफैँ अनियन्त्रित भई दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।
एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका(६ का सदहरुल मिया, निजको छोरी २८ वर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ वर्षीय मोहमद हमिद, वर्ष ४० की सहिपुन खातुन, वर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ वर्षीय अम्बिका बिक र उनको छोरा ११ वर्षीय अशोक बिक घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइते सबै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने चालक र एम्बुलेन्स इलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका १ बाट सुत्केरी व्यथा लागेको बिरामी बोकेर विराटनगरतर्फ आउँदै गरेको स.१झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा आज बिहान ३ः१० बजे ठोक्किएर दुर्घटना भएकाे छ।
एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका १ की ३२ वर्षीया सबिना बाँस्तोला (सुत्केरी व्यथा लागेको बिरामी), उनको श्रीमान ३६ वर्षीय खेम बहादुर बाँस्तोला, सोही स्थानका ३६ वर्षीय सीताराम बाँस्तोला घाइते भई विराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भइरहेको छ भने चालक सोही स्थानका २८ वर्षीय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया