समाज


भारतमा फेरि ठूलाे दुर्घटना, १३ जनाको मृत्यु, १८ जनाभन्दा बढी घाइते

भारतमा फेरि ठूलाे दुर्घटना, १३ जनाको मृत्यु, १८ जनाभन्दा बढी घाइते

नेपालखबर
माघ ७, २०७७ बुधबार ३:४५,

सुतिरहेका बेला ट्रकले किचेर १५ जनाको मृत्यु भएको २४ घण्टा नबित्दै भारतमा फेरि अर्काे ठूलाे दुर्घटना भएकाे छ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार अबेर राति पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले धेरैवटा गाडीलाई ठक्कर दिएको हो। 

बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका छन्।

याे पनि :  भारतमा २० मजदुरमाथि ट्रक गुड्यो : मृतकको संख्या १५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad