समाज


आइसक्रिममा जीवित कोरोना भेटिएपछि चीनको फ्याक्ट्रीका १६ सयको कोरोना परीक्षण

आइसक्रिममा जीवित कोरोना भेटिएपछि चीनको फ्याक्ट्रीका १६ सयको कोरोना परीक्षण

नेपालखबर
माघ ४, २०७७ आइतबार १२:२९,

यसबीचमा चीनको तियानजिनस्थित तियानजिन दाकियाओदाओ फुड कम्पनीको आइसक्रिम फ्याक्ट्रीमा कोरोना भाइरस देखिएको छ।

कम्पनीको आइसक्रिमको नमूनामा जीवित कोरोना भाइरस देखिएपछि २ हजार ८९ वटा कार्टुनमा राखिएको आइसक्रिम नष्ट गरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार उक्त कम्पनीका १६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ भने हालसम्म ७ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ।

खबरका अनुसार उक्त कम्पनीबाट ४ सय कार्टुन आइसक्रिम बजारमा विक्रिका लागि पठाइएको छ। यसकारण त्यहाँ कोरोना संक्रमित तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।

अनुसन्धानका क्रममा आइसक्रिम बनाउन न्युजिल्यान्डबाट पाउडर ल्याउने गरिएको रहेछ।

कोरोना उक्त आइक्रिम फ्याक्ट्रिमा कसरी पुग्यो भनेर अनुसन्धान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad