समाज


जग्गा हेर्ने बहानामा लुटपाट र हत्या गर्ने मुख्य योजनाकार पक्राउ

जग्गा हेर्ने बहानामा लुटपाट र हत्या गर्ने मुख्य योजनाकार पक्राउ

नेपालखबर
माघ ४, २०७७ आइतबार १२:२६,

भक्तपुरमा जग्गा किन्ने बहाना बनाएर एक व्यक्तिको हत्यापछि लुटपाट गरी फरार रहेका मुख्य याेजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ टिमुरेका माईला भन्ने सोनाम तामाङ (४२ वर्ष) रहेका छन्।

उनीमाथि गत असोज २१ गते भक्तपुर चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को हत्या तथा उनले लगाएका गहना लुटेको आरोप छ।

सुडालस्थित योञ्जनको पसलमा आएका दुई जना अपरीचित व्यक्तिहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई योञ्जनलाई जग्गा हेर्न पसल भन्दा अन्दाजी १ किमी पर विडोलफाँट स्थितमा रहेको धानखेतमा लगेका थिए। त्यहाँ उनलाई कुटपिट गरी निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल समेत लुटी फरार रहेका थिए।

मृतकको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको थियो। घटनामा संलग्न व्यक्तिहरूको निरन्तर अनुसन्धान तथा खोजतलास पश्चात घटनाका मुख्य योजनाकार मध्यका माईला भन्ने सोनाम तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रेको धुलीखेल मयुरपार्कबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती पठाएको छ।

घटनामा संलग्न भएका व्यक्तिहरु मध्य कामी लामा, रमेश तामाङ र प्रेम तामाङ यसअघि नै असोज २६ गते पक्राउ परी भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad