समाज


नेपालीले आरोहण गरेकै दिन माउन्ट केटुबाट खसेर एक स्पेनिस पर्वतारोहीको मृत्यु

नेपालीले आरोहण गरेकै दिन माउन्ट केटुबाट खसेर एक स्पेनिस पर्वतारोहीको मृत्यु

नेपालखबर
माघ ४, २०७७ आइतबार ११:५५,

स्थानीय समयअनुसार शनिबार बेलुकी ५ बजे नेपाली टोली माउन्ट केटुको शिखरमा पुगेका थिए।

नेपालको टोली हिउँदको समयमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्न सफल भएका हुन्।

यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए।

सो क्रममा एक स्पेनिस पर्वतारोहीको उक्त हिमाल माउन्ट केटुबाट लडेर मृत्यु भएको सीएनएनले जनाएको छ।

स्पेनिस प्रधानमन्त्री पेड्रो सान्सेजले शनिबार केटुमा चढेर किर्तिमानी बनाउने सपना बोकेका आफ्ना देशका एक पर्वतारोहीको लडेर मृत्यु भएको जानकारी दिए।

उनले ट्वीटमा पर्वतारोही सर्गी मिङगोतेको निधन भएको बताएका हुन्। हालै मात्र सर्गीले आफू ७ हजार मिटरको उचाइमा पुगिसकेको बताएका थिए।

माउन्ट केटु ८ हजार ६११ मिटर अग्लो छ। सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ।

संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ।

सन् २००८ मा ११ जना पर्वतारोहीको केटुमा चढ्ने क्रममा मृत्यु भएको थियो।

यो पनिः हिउँदमा केटू हिमाल चढेर नेपाली टोलीले रच्यो इतिहास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad